आज पुष्पलालको ४८औँ स्मृति दिवस, देशभर विविध कार्यक्रम

काठमाडौं , साउन ७ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक पुष्पलालको ४८ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
पुष्पलाल स्मृति दिवस नेपालमा क्रियाशिल नेकपा एमाल, नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए ।
पुष्पलालले कार्लमाक्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए । विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए ।
पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



