प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री बालेन्द्र शाहले आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि सरकारले सोमबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिन लागेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ
बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ ।
आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद्सचिवालयले जनाएको छ ।।
लोकप्रिय खबर
लोड हुँदैछ...
