ट्रम्पको दाबी : इरानसँगको सम्झौतामा युरोपमा हस्ताक्षर हुन सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दाबी गरेका छन् ।
उनले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरेलगत्तै यस्तो घोषणा गरेका हुन् । इरानसँगको युद्ध समाधानका लागि ठूलो सहमति गरेको भन्दै ट्रम्पले सहमतीको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैंका लागि रोक्नु रहेको बताएका छन् ।
ट्रम्पले सम्झौताको कागजातहरू अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोहबीच यसमा हस्ताक्षर गरिने जानकारी दिएका छन । यद्यपि, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने सम्झौता भइसकेको भन्ने रिपोर्टहरुलाई अनुमानित भन्दै टिप्पणी गरेका छन् । उनले धेरैजसो बुँदाहरूमा सहमति जुटे पनि अमेरिकाले केही थप मागहरू राखेका कारण केही पनि अन्तिम नभएको बताएका छन् ।
उनले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारेका छन् । यो घोषणा हुनु केही घण्टा अघिमात्र ट्रम्पले इरानको तेल निर्यातको मुख्य केन्द्र ‘खार्ग टापु’ कब्जा गर्ने र इरानमाथि निकै कडा प्रहार गर्ने घोषणा गरेका थिए । पछिल्लो साता अमेरिका र इरानबीच झडपहरू तीव्र भएका थिए । अमेरिकी अपाचे हेलिकप्टर खाडी क्षेत्रमा दुर्घटना भएपछि दुवै देशले एकअर्कामाथि आक्रमण सुरु गरेका थिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



