कर्णाली प्रदेशस्थित एमाले र नेकपा संसदीय दलका नेता काठमाडौंमा

असार १० - कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेताहरूलाई काठमाडौं बोलाइएको छ । उनीहरूलाई पार्टी नेतृत्वले काठमाडौं बोलाएको हो ।
शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका एमाले संसदीय दलका नेता यामलाल कँडेल र नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाहीलाई पार्टी नेतृत्वले छलफलका लागि काठमाडौं बोलाएको हो ।
नेता शाहीले आफूलाई पार्टी नेतृत्वले काठमाडौं बोलाएको जानकारी दिए । कँडेल पनि आइतबार काठमाडौं जाने स्रोतले बतायो । एमाले र नेकपाले प्रदेशमा सत्ता सहकार्य गर्दै मुख्यमन्त्रीमा भागवण्डामा पनि सहमति गरेका छन् । त्यसका लागि दुवै दलले प्रदेशको सत्ता संरचनाको समीक्षा गर्दै देखिएका असमझदारी समाधान गर्न संयुक्त कार्यदल गठन गर्ने भएका छन् ।
प्रदेशमा देखिएको मतभेद र सत्ता साझेदारीका विषय कार्यदलमार्फत समाधान गर्ने समझदारी बनेको स्रोतको दाबी छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



