Global TV Logo
लोड हुँदैछ...

एमाले प्रमुख सचेतक महरले भने– ‘मलाई गोली हान्ने धम्की आइरहेको छ’

S
Sristi Thakuri
२०२६-०७-१४, १०:११ AM
होमपेज/विशेष समाचार
एमाले प्रमुख सचेतक महरले भने– ‘मलाई गोली हान्ने धम्की आइरहेको छ’

काठमाडौं,  असार ३० –  नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत ज्यान मार्ने धम्की आइरहेको भन्दै प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन्।

मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै महरले जनप्रतिनिधिको हैसियतमा सरकारका कामको आलोचना र खबरदारी गर्दा आफूलाई निशाना बनाइएको बताए।

उनले ‘पराजुली राम’ नामको फेसबुक आईडीबाट गोली हान्ने धम्की आएको र पूर्णविक्रम क्षेत्री नामका व्यक्तिबाट समेत भौतिक आक्रमणको धम्की आएको जानकारी दिए।

सार्वजनिक रूपमा जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको भन्दै महरले सदन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले आफूहरू सरकारको विरोधका लागि मात्र नभई जनसरोकारका विषयमा आवाज उठाउँदै आएको बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com