सुशासनको नाममा सरकारले निजी क्षेत्रलाई आतंकित बनाएको एमाले सांसद झाँक्रीको आरोप

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले सुशासनको नाममा निजी क्षेत्रलाई त्रसित बनाउने काम गरेको आरोप लगाएकि छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई बिना आधार पक्राउ गरिएको दाबी गर्दै त्यसलाई आपत्तिजनक भएको बताएकि हुन् । उनका अनुसार रिसेड्युल एसेट र लेक्विडेसनसम्बन्धी विषयमा कानुनी प्रक्रिया नबुझी सीईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानून विपरीत हो। बैंकिङ प्रणाली र प्रचलित कानूनको मर्म नबुझी गरिएको यस्तो कदमले निजी क्षेत्रलाई आतंकित बनाउने काम गरेको उनको भनाइ थियो। झाँक्रीले बैंकिङ सम्पत्ति र निक्षेप व्यवस्थापनसम्बन्धी विषयमा गलत बुझाइका आधारमा कारबाही गरिएको भन्दै आपत्ति जनाएपक हुा । साथै, सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा सरकारले त्रास सिर्जना गर्ने कार्य रोक्नुपर्ने चेतावनीसमेत दिएकि छन्
लोकप्रिय खबर
लोड हुँदैछ...



