एमाले सचिवालय बैठक ३ बजे बस्ने
S
Sristi Thakuri२०२६-०९-२०, ०८:१५ AM

काठमाडौं , असोज ४ - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ। आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक अब ३ बजे बस्ने भएको हो।
अध्यक्ष केपी शर्मा ओली १ बजे च्यासलस्थित पार्टी कार्यालय पुगे पनि बैठक बस्न नसकेपछि करिब आधा घण्टापछि बाहिरिएका छन्।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक नसकिएकाले सचिवालय बैठक सारिएको हो। कार्यदलको बैठक बिहान ९ बजेदेखि जारी छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



