Global TV Logo
लोड हुँदैछ...

सरकारविरुद्ध संसदमा सशक्त रूपमा उत्रिने एमाले

S
Sristi Thakuri
२०२६-०६-२३, १२:५२ PM
होमपेज/विशेष समाचार
सरकारविरुद्ध संसदमा सशक्त रूपमा उत्रिने एमाले

काठमाडौं असार ९ - नेकपा)एमाले) ले सरकारको कार्यशैली तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ।

मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको संसदीय दलको बैठकले सरकार संविधान, लोकतन्त्र र विधिको शासनको मर्मविपरीत चलेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध प्रभावकारी ढंगले आवाज उठाउने निर्णय गरेको हो।

बैठकपछि प्रमुख सचेतक ऐनबहादुर महर ले सरकारका नीति, व्यवहार र कार्यशैली राष्ट्रिय हित तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको आरोप लगाउँदै संसदमा कडा रूपमा प्रतिवाद गर्ने प्रस्ताव पारित भएको जानकारी दिए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com