एमालेले सदस्यता प्रणाली पूर्ण डिजिटल बनाउने

काठमाडौं , साउन २१ - नेकपा एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाउने भएको छ ।
पार्टीको मिसन पार्टी जागरण अभियानअन्तर्गत राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा सदस्यता प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाउने जानकारी दिइएको हो । पार्टीको जनतासँगको सम्बन्ध स्थापित गर्ने र संगठनलाई तल्लो स्तरसम्मै गतिशील बनाउने उद्देश्यका साथ कार्ययोजना सार्वजनिक गरिएको एमालेले जनाएको छ ।
पार्टीका सचिव डा.राजन भट्टराईले डिजिटल प्रणालीको भरपुर उपयोग गरिने जानकारी दिँदै पार्टीको विवरण, सांगठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमको प्रयोग गरी अघि बढाउन पार्टी पंक्तिलाई प्रेरित गरिने बताए । पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा र पालिका स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय भएको नेताहरुले बताएका छन् ।
पार्टी सचिव भानुभक्त ढकालले पार्टीको सदस्यता र अन्य दस्तावेजलाई प्राकृतिक तथा अन्य संकटबाट जोगाउन तथा कामलाई चुस्त बनाउन सदस्यतालाई डिजिटल बनाउन आवश्यक रहेको बताएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



