रास्वपाको नेतृत्वमा रवि लामिछाने निरन्तर, महाधिवेशनले तय गर्यो नयाँ राजनीतिक दिशा

काठमाडौं असार १० - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
आईतबारदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट लामिछाने दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्ष पदमा लामिछानेबाहेक अन्य कसैको मनोनयन नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । लामिछानेको सभापति पदको मनोनयनका लागि वरिष्ठ नेता बालेन शाह प्रस्तावक बसेका थिए । पार्टीको प्रथम महाधिवेशनबाट सभापति पदमा फेरि रवि लामिछाने निर्विरोध चुनिएपछि प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा आफू र रविको स्केच चित्रसहित पार्टीलाई शुभकामना दिएका हुन् । रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि पहिले केन्द्रीय सदस्यमा चुनिनु पर्दैन । बाँकी पदका लागि भने आज निर्वाचन हुँदैछ । पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुनेछ । यसैबीच,रास्वपाले पहिलो महाधिवेशनबाट पार्टीको ६ राजनीतिक कार्यदिशा प्रस्ट्याएको छ । चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
लामिछानेले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा रास्वपाले सामाजिक लोकतन्त्रलाई आफ्नो मूल राजनीतिक सिद्धान्तको रुपमा अंगीकार गर्ने भएको छ । यस्तै,स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा रास्वपा अभिएको छ । रास्वपाको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उल्लेख छ । रास्वपाले आगामी दिनमा संसदको माथिल्लो सदनलाई गैर–दलीय बनाउन चाहेको बताएको छ ।
त्यसैगरी प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाका पक्षमा रहेको जनाएको छ । रास्वपाले प्रतिष्पर्धात्मक उदार अर्थतन्त्रको नीति अघि सारेको छ । २०७२ सालमा जारी भएको संविधान कार्यान्वयनको समीक्षा र परिमार्जन गर्ने बेला भएको लामिछानेको प्रतिवेदनमा उल्लेख छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



