नारायणी नदीमा बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह
S
Sristi Thakuri२०२६-०८-२६, ०८:४५ AM

काठमाडौं , भदौ १० - नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
रसुवाबाट प्राप्त सूचनाअनुसार त्रिशूली नदीमा आकस्मिक बाढी आएपछि नदीको बहाव बढेको र त्यसको असर नारायणीमा समेत पर्न सक्ने प्रशासनले जनाएको छ।
प्रशासनले नदीमा माछा मार्ने, नदीजन्य पदार्थ संकलन गर्ने तथा अन्य कामका लागि जाने व्यक्ति र मजदुरलाई नदी क्षेत्रमा नजान आग्रह गरेको छ। नदीमा गइसकेकाहरूलाई समेत तत्काल सुरक्षित स्थानमा जान अपिल गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



