रूटिन परीक्षण उडानका क्रममा अमेरिकी सैन्य विमान दुर्घटना, ८ मृत
S
Sristi Thakuri२०२६-०६-१६, ०५:१५ AM

काठमाडौँ, असार १ -अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
एडवड्र्स एयर फोर्स बेसबाट बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको बताइएको छ । रूटिन टेस्ट मिशन रहेको बेला विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक,सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी ८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
यसअघि एयर बेसले दुर्घटनामा परेको कोही पनि बच्ने सम्भावना नरहेको सुरुवाती संकेत मिलेको जनाएको थियो । कर्णेल हेजले मृतकका परिवारलाई सूचना दिइएको र २४ घण्टा पछि मृतकको पहिचान सार्वजनिक गरिने बताएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



