Global TV Logo
लोड हुँदैछ...

विभिन्न यन्त्र, औजार र सवारीसाधनको पूजाआजासहित विश्वकर्मा पूजा मनाइँदै

S
Sristi Thakuri
२०२६-०९-१७, ०५:३७ AM
होमपेज/समाचार
विभिन्न यन्त्र, औजार र सवारीसाधनको पूजाआजासहित विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं  , असोज १ - विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी आज भगवान् विश्वकर्माको आराधनासहित विश्वकर्मा पूजा मनाइँदै छ । 

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरी विश्व्कर्मा पूजा मनाइँदै आएको छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको जनविश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ । आजको दिन उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आ–आफ्ना मेशिनरी सामान तथा औजारहरूको सफाइ गरी विशेष पूजा गर्ने गर्दछन् । यस्तै, नयाँ सवारीसाधन खरिद गर्ने तथा भएका सवारीसाधनलाई काठमाडौँको भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठहरूमा लगेर पूजा गर्नेहरूको मन्दिर परिसरमा बिहानैदेखि उल्लेख्य भिड लागेको छ । कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com