कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउँछौँ : सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलम

काठमाडौँ , असोज २९ - नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाईमा पु¥याउने बताएका छन् ।
काँग्रेसको १५ औँ महाधिवेशनमा मुस्लिम क्लष्टरबाट सहमहामन्त्रीमा विजयी भएपछि उनले नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टी र देशको आवश्यकता बुझ्ने सक्षम नेतृत्व भएकोले सबैलाई समेटेर अघि बढ्ने उल्लेख गरे । देशमा सङ्कट पर्दा नेपाली काँग्रेसले नै नेतृत्वदायी भुमिका निर्वाहर गरेर समाधान गरेको उल्लेख गर्दै आगामी दिनमा पनि गर्ने उनको भनाई छ । साथै उनले विगतमा नेतृत्व तहबाट भएका कमी–कमजोरी सुधार गर्दै पार्टीले आफ्नो ऐतिहासिक पहिचानलाई निरन्तरता दिने बताएका छन् ।
हाल सरकारका कमजोरी औँल्याउने, जनताका अपेक्षाअनुसार काम गर्न प्रेरित गर्ने र सरकारलाई निरन्तर खबरदारी गर्ने कांग्रेसको प्रमुख जिम्मेवारी रहेको आलमको भनाई छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



