Global TV Logo
लोड हुँदैछ...

आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा महिला ट्राफिक प्रहरीमाथि हातपात, ‘जेनजी नेता’ भन्दै अराजकता

S
Sristi Thakuri
२०२६-०८-२५, ०९:२१ AM
होमपेज/विशेष समाचार
आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा महिला ट्राफिक प्रहरीमाथि हातपात, ‘जेनजी नेता’ भन्दै अराजकता

काठमाडौं , भदौ ९ - काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि एक पुरुषले हातपात गरे । आफुलाई जेनजी युवा भएको र आफुलाई निर्देशन दिने कसैसँग हिम्मत नभएको भन्दै उनले महिला प्रहरी जवानमाथि जाइलागेका हुन् । 

 नयाँ बानेश्वरमा सडकमा सवारी व्यवस्थापन तथा पैदलयात्रुको आवागमन सहज बनाउने जिम्मेवारीमा खटिएकी महिला प्रहरी जवानले एक पुरुषलाई जथाभावी बाटो नकाट्न र आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा आफै कुटिन बाध्य भइन् । अर्थात अराजकतालेले सिमा ना३्दा आफ्नो काम गर्दा गर्दै पनि निर्घात कुटिनुपर्यो । उनले ती युवलाई आग्रह गरेर पनि आग्रह मान्नुको साटो ती पुरुषले प्रहरी जवानमाथि नै हातपात गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार हातपात गर्ने व्यक्ति जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौंको बानेश्वर–१० मा बस्दै आएका २७ वर्षीय राज कठायत हुन् । 

घटना लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । सडकमा पैदलयात्रुको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि प्रहरीले आकाशे पुल तथा जेब्राक्रसिङ प्रयोग गर्न निरन्तर आग्रह गर्दै आएको छर युवाले आफुलाई जेनजी नेता भन्दै आक्रमण गरेको पीडित प्रहरीको भनाई छ । 

यसरी सामान्य नियम पालना गराउन खोज्दा ड्युटीमै रहेका प्रहरीमाथि हातपात हुनु गम्भीर विषय हो । प्रहरीले घटनालाई सामान्य विवादका रूपमा नभई ड्युटीमा रहेका प्रहरीमाथिको दुव्र्यवहारका रूपमा लिएको छ । पक्राउ परेका कठायतमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताएका छन् । तर, सडकको नियम पालना गराउने क्रममा प्रहरी र सर्वसाधारणबीच विवाद उत्पन्न हुने तथा प्रहरीमाथि नै हातपात हुने घटनाले सार्वजनिक स्थानमा कानुन कार्यान्वयन गराउने निकायको सुरक्षामाथि समेत प्रश्न उठाएको छ । हुनत सोमबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल रास्वपाकै सांसद डा. अमरेश कुमार सिंहले वर्तमान सरकार गठन भएयता झन् उश्रृंखलता, अराजकता बढ्दै गएको बताएका थिए । साथै सरकारकै कारण जनविश्वासमा असर परेको उनको तर्क छ । 

यसरी देशमा बालिका बलात्कार र हत्यासम्म हुने बृद्ध आमाहरु सुरक्षित नहरने, डिउटीमा खटिएका प्रहरी कुटिने, जेनजी युवाका नाममा अराजकता मच्चाउदासम्म राज्य निकम्मा बन्नुले देशको सुरक्षा संवेशदनशिलता थप बढाएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com