Global TV Logo
लोड हुँदैछ...

विश्व मुस्कान दिवस: तनाव र व्यस्तताबीच हराउँदै गएको मुस्कान फर्काउने दिन

S
Sristi Thakuri
२०२६-१०-०२, ०४:५८ AM
होमपेज/समाचार
विश्व मुस्कान दिवस: तनाव र व्यस्तताबीच हराउँदै गएको मुस्कान फर्काउने दिन

काठमाडौँ , असोज १६ - आज विश्व मुस्कान दिवस । प्रत्येक अक्टोबर महिनाको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाउने गरिन्छ।

१९६३ मा हार्वे बल नामक एक व्यावसायिक कलाकारले मुस्कानसहित अङ्कित चित्र बनाए। बढ्दो प्रतिस्पर्धा, व्यस्त जीवनशैली, तनाव लगायतका कारणले मानिसहरूको अनुहारबाट मुस्कान हराउँदै गएको चिन्ताका कारण हार्वेले स्माइली अनुहारको अवधारणा ल्याए। जसले मानिसको स्वास्थ्यमात्रै होइन हरेक पक्षलाई स्वस्थ बनाउनमा मद्दत पुग्छ भन्ने उनको भनाइ थियो। उनले विश्वभर मुस्कान फैलाउने उदेश्यका साथ उक्त मुस्कान अङ्कित चित्र बनाएपनि मानिसको अनुहारबाट मुस्कान हराउँदै गयो। त्यसपछि १९९९ मा औपचारिक रुपमा मुस्कान दिवस मनाउने घोषणा गरिएको हो । विभिन्न अध्ययनहरूका अनुसार नवजात शिशुले दिनमा ९५ देखि सय पटक मुस्कुराँछ। जबकी ऊ वयस्क हुँदै गर्दा त्यो सङ्ख्या निकै घटेर जान्छ र दिनमा ४० वा ५० पटक मात्रै मुस्कुराउँछ। त्यसमा पनि कतिपय मुस्कान बस देखावटी मात्रै हुन्छ। मुस्कुराउनु र मुस्काइरहनु मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइन्छ। प्रत्येक व्यक्ति आफ्नो जीवनमा २ लाख ३२ हजारपटक भन्दा बढी मुस्कुराउँछन्। 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com