Global TV Logo
लोड हुँदैछ...

चीन–उत्तर कोरिया सम्बन्ध मजबुत बनाउन सीको भ्रमण

S
Sristi Thakuri
२०२६-०६-०५, ०६:१४ AM
होमपेज/समाचार
चीन–उत्तर कोरिया सम्बन्ध मजबुत बनाउन सीको भ्रमण

चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन्।

 चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मंगलबारसम्म प्योङयाङको भ्रमण गर्नेछन्।

सन् २०१९ यता पहिलोपटक हुन लागेको यो भ्रमणलाई दुई देशबीचको रणनीतिक र कूटनीतिक सम्बन्ध थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा सीले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com