Global TV Logo
लोड हुँदैछ...

युक्त गुरुङ – सगरमाथा आरोहणमा १०औँ सफलता, पुरै जीवन हिमाललाई समर्पण

S
Sristi Thakuri
२०२६-०५-२७, १२:०४ PM
होमपेज/समाचार
युक्त गुरुङ – सगरमाथा आरोहणमा १०औँ सफलता, पुरै जीवन हिमाललाई समर्पण

सन् २०११ मा पहिलो पटक सगरमाथा आरोहण गरेका युक्त गुरुङले सन २०२६ सम्म आइपुग्दा १०औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । गोरखा जिल्लाको लाप्राक गाउँ निवासी गुरुङले २२ वर्षको उमेरमा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । सगरमाथा हिमालको १०औं पटक सफलतापूर्वक आरोहण सम्पन्न गर्दा उनी अहिले ३७ वर्षका भए । ग्लोबल टेलिभिजन एचडीसँगको सम्वादमा उनले सगरमाथा यात्राका सुख–दुःख, संघर्ष र अनुभवहरु भावुक शैलीमा साझा गरे । पहिलो पटकको आरोहणमा ६५ देखि ६७ दिन लागेको सम्झिँदै उनले अहिले १०औँ पटकको आरोहण केवल २५ दिनमै सफल भएको बताए । अनुभवी हिमाल गाइडसमेत रहेका गुरुङले हिमाल आरोहण आफ्नो लागि बाध्यता र इच्छाको मिश्रण भएको बताए । उनले जीवनको महत्वपूर्ण समय हिमालमै बितेको उल्लेख गर्दै प्रत्येक आरोहणले आफूलाई अझ जिम्मेवार र अनुभवी बनाएको बताए । सगरमाथा आरोहणको यात्रालाई उनले केवल शिखर पुग्ने लक्ष्य मात्र नभई जीवन, संघर्ष र आत्मअनुशासनको यात्रा भनेका छन् । कम्तिमा १५ पटक त सगरमाथा आरोहण गरिन्छ होला भन्ने अनुमान व्यक्त गर्ने युक्त गुरुङ आफ्ना आगामी दिनहरु पनि हिमालमै समर्पित गर्ने बताए । जीवनलाई जोखिममा राखेर हिमाल आरोहण क्षेत्रमा लागेर मुलुकको पर्यटन क्षेत्रमा होमिएका हिमाल गाइडहरुको भविष्य अन्धकार रहेको बताउँदै सरकारले अहिलेसम्म केही नसोचिदिएको दुखेसो पोखे । हिमाल आरोही युक्त गूरुङसँग गरिएको अन्तक्रियात्मक संवाद यहि शुक्रबार साँझ ९ः१५ बजे ग्लोबल टेलिभिजन एच डीको प्रस्तुती न्युज रुममा प्रसारण हुँदैछ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
युक्त गुरुङ – सगरमाथा आरोहणमा १०औँ सफलता, पुरै जीवन हिमाललाई समर्पण | Global TV Khabar