Global TV Logo
लोड हुँदैछ...

गणेश नेपाली आत्मदाह प्रकरण: परिवारद्वारा जाहेरी दर्ताको तयारी

B
Buna Ghimire
२०२६-०७-१३, ०६:२३ AM
होमपेज/विशेष समाचार
गणेश नेपाली आत्मदाह प्रकरण: परिवारद्वारा जाहेरी दर्ताको तयारी

काठमाडौं,  असार २९— आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने तयारी गरेका छन्। जाहेरी दर्ताका लागि परिवार प्रहरी वृत्त कालीमाटी पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रत्येक अप्राकृतिक मृत्युको घटनामा जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइन्छ। उनले पोस्टमार्टम, शव परिवारलाई बुझाउने तथा आवश्यक देखिए कानुनअनुसार मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइने बताए।

यसअघि आइतबार नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो।

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएपछि भएको विवादका क्रममा गणेश नेपालीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो।

घटनापछि प्रहरीले सोधपुछका लागि महानगर प्रहरीका कर्मचारी तथा घटनाका प्रत्यक्षदर्शीलाई बोलाएको थियो। आवश्यक बयान र घटना विवरण संकलन गरेपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com