Global TV Logo
लोड हुँदैछ...

चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौंमा वर्षा हुने, यस्तो छ मौसम पूर्वानुमान

B
Binita Thapa
२०२६-१०-२९, ०६:२७ AM
होमपेज/विशेष समाचार
चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौंमा वर्षा हुने, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं, कात्तिक १२- बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभाव नेपालमा देखिन थालेको छ । यसको असरले कोसी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य भूभागमा पनि मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका मौसमविद्का अनुसार चक्रवात कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसको प्रभाव नेपालमा कायम रहनेछ। यसबाट देशका विभिन्न स्थानमा उल्लेख्य वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ ।

काठमाडौंमा आज रातिदेखि वर्षा हुन सक्ने

मौसमविद्का अनुसार काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि हल्का वर्षा सुरु हुन सक्छ । शुक्रबार र शनिबार पनि मौसम बदलीसँगै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

काठमाडौंमा लगातार पानी परिरहने अवस्था भने देखिएको छैन । केही समय वर्षा हुने, रोकिने र पुन : पानी पर्ने क्रम रहन सक्छ ।

केही स्थानमा भारी वर्षाको सम्भावना

पूर्वानुमानअनुसार काठमाडौंका अधिकांश क्षेत्रमा वर्षाको प्रभाव देखिन सक्छ । उपत्यकाका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहे पनि यसको जोखिम न्यून रहेको मौसमविद्ले  बताएका छन् ।  काठमाडौंमा यस अवधिमा तीव्र हावाहुरी चल्ने सम्भावना भने छैन । 

तराईमा हावाहुरी, हिमाली क्षेत्रमा हिमपातको जोखिम

चक्रवातको अप्रत्यक्ष प्रभावले तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना तुलनात्मक रूपमा बढी रहेको महाशाखाले जनाएको छ । हिमाली भेगमा भने हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै वर्षा हुने समयमा आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा स्थानीय मौसमको अवस्थाबारे जानकारी लिनु उपयुक्त हुनेछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com