Global TV Logo
लोड हुँदैछ...

चार स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध

B
Binita Thapa
२०२६-०५-०३, ०४:०५ AM
होमपेज/समाचार

No image available

वैशाख - २० वर्षा र पहिरोसँगै देशका चार स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

आइतबार   बिहान ९ बजेसम्मको अपडेटमा अरनिको राजमार्ग, कान्ति लोकपथ र मध्यपहाडी लोकमार्गमा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

ललितपुरको वाग्मती गाउँपालिका–३, पाङ्दुरमा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ । आइतबार बिहान करिब ४ः५० बजे त्यहाँ पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उता, मकवानुरको भीमफेदी गाउँपालिका–८, भर्‍याङडाँडामा पनि कान्ति लोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । आइतबार बिहान करिब ५ः५५ बजे त्यहाँ पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–१०, बिमिरेभन्ज्याङमा पनि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ । आइतबार बिहान करिब ६ः५० बजे त्यहाँ सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यता, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा अरनिको राजमार्गमा अझै पूर्ण रूपमा अवरुद्ध छ । यही वैशाख १६ गते बेलुका करिब ६ः३० बजे त्यहाँ जमिन भासिएको थियो । त्यसयता सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com