Global TV Logo
लोड हुँदैछ...

छैटौं दोलखा अन्तर्राष्ट्रिय चेस प्रतियोगिता सम्पन्न, ९ राष्ट्रका १६४ खेलाडी सहभागी

B
Buna Ghimire
२०२६-०५-१७, ११:२९ AM
होमपेज/खेलकुद
छैटौं दोलखा अन्तर्राष्ट्रिय चेस प्रतियोगिता सम्पन्न, ९ राष्ट्रका १६४ खेलाडी सहभागी

छैटौं दोलखा अन्तर्राष्ट्रिय चेस प्रतियोगिता सम्पन्न भएको छ । दोलखा चेस होम नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, अमेरिका, फ्रान्स, रसिया, मंगोलिया, श्रीलंका तथा फिलिपिन्सका १६४ खेलाडीहरूले भाग लिएका थिए ।

 प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको भन्दै आयोजकले यसलाई दोलखाको खेल पर्यटन प्रवद्र्धनतर्फ महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ । प्रतियोगितापछि आयोजित समापन कार्यक्रममा बोल्दै आयोजक संस्था दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्द श्रेष्ठ ले प्रतियोगिता सञ्चालनका क्रममा आर्थिक तथा व्यवस्थापकीय चुनौती सामना गर्नुपरेको गुनासो गरे । तर अध्यक्ष श्रेष्ठले यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै पर्यटन प्रवद्र्धनमा पनि ठूलो योगदान पु¥याउने विश्वास भने व्यक्त गरेका छन् । 

प्रतियोगितामा सहभागी नेपाली खेलाडीले प्रतियोगिता व्यवस्थित र प्रतिस्पर्धात्मक रहेको प्रतिक्रिया दिएका छन् । दोलखामा यति ठूलो अन्तर्राष्ट्रिय चेस प्रतियोगिता हुनु आफैंमा खुशीको विषय भएको भन्दै उनले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउँदा अनुभव र सिकाइ दुवै बढेको बताए । 

विदेशी खेलाडीहरूले पनि दोलखाको प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्यताको प्रशंसा गरेका छन् । आयोजकका अनुसार आगामी वर्ष प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित बनाउने तयारी गरिएको छ । 

दोलखा चेस होम नेपालले विगत केही वर्षदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय चेस प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्षको प्रतियोगिताले जिल्लालाई खेल पर्यटनको केन्द्रका रूपमा चिनाउन थप मद्दत पुगेको स्थानीयवासीको विश्वास रहेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने खेलाडीले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

 अन्य उत्कृष्ट खेलाडीहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको आयोजकले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com