दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए
B
Binita Thapa२०२६-१०-१९, ०४:११ AM

कात्तिक २ - दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् ।
गएको असोज २५ गते घटस्थापनादेखि आज बिहानसम्म सार्वजनिक गाडीबाट ५ लाख २८ हजारको संख्यामा यात्रु बाहिरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पोहोर पनि घटस्थापनादेखि एक हप्ताको समयमा साढे पाँच लाख जनाले उपत्यका छाडेका थिए ।
अघिल्लो वर्षभन्दा यसपालि अहिलेसम्म बाहिरिनेको सङ्ख्या झण्डै २० हजारले कम रहेको छ । पछिल्ला विपद्जन्य घटना, भोटेकोशी बाढी, सडकको अवस्था, बढ्दो महँगी तथा वैदेशिक रोजगारीलगायतका कारण दशैँमा काठमाण्डौ छोड्नेहरूको सङ्ख्या केही कमी आएको अनुमान छ ।
यस वर्ष दशैँ मनाउन झण्डै १० लाखले काठमाण्डौ उपत्यका छाड्ने अनुमान गरिएको छ । आज र भोलि पनि कतिपय गाउँघर जानेक्रम चल्नेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



