Global TV Logo
लोड हुँदैछ...

बागमती सरकारबाट एमाले बाहिरिँदै

B
Buna Ghimire
२०२६-०७-१८, ०९:४९ AM
होमपेज/विशेष समाचार
बागमती सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं, साउन २ -  नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको प्रदेश सरकारबाट बाहिरिने निर्णयसँगै एमालेका ६ मन्त्रीले सामूहिक राजीनामा बुझाउने तयारी गरेका हुन् ।

एमाले निकट स्रोतका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसहित मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् । अधिकांश मन्त्रीहरू हेटौंडाबाहिर रहेकाले एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमार्फत इमेलबाट सामूहिक राजीनामा बुझाउने तयारी भइरहेको बताइएको छ ।

बागमती प्रदेश सरकारमा एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए ।

यसअघि मन्त्रालय पुनर्संरचनाका क्रममा वन तथा वातावरण मन्त्री भरतबहादुर केसी र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको मन्त्रालय खारेज भएपछि मुख्यमन्त्री बानियाँले उनीहरूलाई शुक्रबार विना विभागीय जिम्मेवारी दिएका थिए ।

एमालेको यो निर्णयसँगै बागमती प्रदेश सरकारको राजनीतिक समीकरणमा नयाँ अवस्था सिर्जना हुने देखिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com