Global TV Logo
लोड हुँदैछ...
Advertisement

बङ्गलादेश र पाकिस्तानबीचको एकदिवसीय शृङ्खला अनिश्चित

B
Buna Ghimire
2026-03-03, 10:36 AM
होमपेज/खेलकुद
Advertisement

No image available

फागुन १९ 

घरेलु टोली बङ्गलादेश र पाकिस्तानबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अनिश्चित भएको छ ।

एकदिवसीय शृङ्खलाका लागि पाकिस्तानको टोली  मार्च ९ मा बङ्गलादेशको ढाका आइपुग्ने तालिका छ ।  उक्त तालिका अनुसार तीन वटै खेल मार्च ११, १३ र १५ मा शेर–ए बङ्गला राष्ट्रिय क्रिकेट रङ्गशालामा जनाइएको छ  । गएको वर्षको अक्टोबरमा वेस्ट इन्डिजसँगको शृङ्खलापछि बङ्गलादेशमा एकदिवसीय क्रिकेट फर्किन लागेको हो । यो शृङ्खलाले अर्को वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने एकदिवसीय विश्वकप अघि दुवै टोलीका लागि तयारीका लागि काम गर्ने छ ।  अहिले चलिरहेको क्षेत्रीय तनावले पाकिस्तानी टोलीको बङ्गलादेश भ्रमणलाई अनिश्चित बनाएको छ ।  उक्त  परिस्थितिका कारण यात्रा जोखिम वा सुरक्षा चिन्ताहरू नबढाए मात्र पाकिस्तानी टोली बङ्गलादेश जाने पाकिस्तानको मिडिया आउटलेट जियो सुपरलाई उद्धृत गर्दै क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com