Global TV Logo
लोड हुँदैछ...

मिडियन सम्पत्तिमा अस्ट्रेलिया विश्वकै तेस्रो

B
Binita Thapa
२०२६-०९-३०, ०४:०१ AM
होमपेज/समाचार
मिडियन सम्पत्तिमा अस्ट्रेलिया विश्वकै तेस्रो

असोज १४ - प्रति वयस्क मिडियन सम्पत्तिका आधारमा अस्ट्रेलिया विश्वको तेस्रो धनी देश बनेको छ । स्वीस बहुराष्ट्रिय बैंक यूबीएसले सार्वजनिक गरेको ग्लोबल वेल्थ रिपोर्ट २०२६ अनुसार अस्ट्रेलियामा प्रति वयस्क मिडियन सम्पत्ति २ लाख १० हजार ७८३ अमेरिकी डलर पुगेको छ ।

रिपोर्टअनुसार ३ लाख ९४ हजार ५ अमेरिकी डलरको मिडियन सम्पत्तिसहित लक्जेम्बर्ग पहिलो स्थानमा छ भने २ लाख ७७ हजार १६६ डलरसहित बेल्जियम दोस्रो स्थानमा रहेको छ । अस्ट्रेलियापछि न्युजिल्यान्ड २ लाख ६ हजार ६१७ अमेरिकी डलरसहित चौथो स्थानमा छ। त्यस्तै, डेनमार्क २ लाख ३ हजार ७७१ डलरको मिडियन सम्पत्तिसहित पाँचौँ स्थानमा रहेको छ ।

रिपोर्टले विभिन्न देशका वयस्कको सम्पत्ति वितरण र औसत तथा मिडियन सम्पत्तिको अवस्थासमेत विश्लेषण गरेको छ। भारतमा पनि उल्लेख्य संख्यामा करोडपति रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

स्रोत : ऐजेन्सी

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com