Global TV Logo
लोड हुँदैछ...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड, माधव र झलनाथ एउटै मञ्चमा

B
Buna Ghimire
२०२६-०६-२८, ०६:४७ AM
होमपेज/विशेष समाचार
मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड, माधव र झलनाथ एउटै मञ्चमा

काठमाडौँ, असार १४ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् । 

मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, दाहालसहितका नेताहरु पनि सहभागी हुन लागेका हुन् । कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् । ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र दाहालसंगै नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 यस गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि अर्थपूर्ण मानिएको छ । मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम छ । यसअघि १२ असारमा विराटनगरको एक कार्यक्रममा दाहालले निरन्तरतामा क्रमभंगता हुन लागेको भन्दै समाजवादी मोर्चामा भएकाहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य हुन लागेको अभिव्यक्ति दिएका कारण पनि आजको कार्यक्रमलाई चासोका साथ हेरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com