रास्वपा १९ निर्वाचन क्षेत्रमा निर्वाचित


काठमाडौँ : रास्वपाले हाल सम्म १९ निर्वाचन क्षेत्रमा जित निकालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँका १० वटा निर्वाचन क्षेत्र मध्ये हाल सम्म ९ वटा क्षेत्र सहित देशका १९ वटा क्षेत्रमा रास्वपाले जित निकालेको हो । काठमाडौँ क्षेत्र नम्बर १ मा रन्जु न्यौपाने, ३ बाट राजु पाण्डे, ४ मा पुकार बम, ५ मा सुस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराज भक्त श्रेष्ठ, ९ मा डोल प्रसाद अर्याल, १० बाट पदिप बिष्ट निर्वाचित भएका छन् । यस्तै मनिष झा धनुषा ३, रुविना आर्चाय मोरङ ६, विना गुरुङ कास्की ३, सन्तोष राजवंशी मोरङ ४, प्रमोद कुमार महतो महोतरी १, सुरेश कुमार चौधरी बाँके १, उत्तम प्रसाद पौडेल कास्की २, खगेन्द्र सुनार बाँके ३, धञ्जय रेग्मी स्याङजा १, कन्हैया बानियाँ रुपन्देहि ४ बाट निर्वाचित भएका छन् । यस्तै ९८ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ ।

लोकप्रिय खबर
लोड हुँदैछ...




