Global TV Logo
लोड हुँदैछ...

सरकार सुशासन कायम गर्न प्रतिबद्ध छ : मन्त्री पोखरेल

B
Buna Ghimire
२०२६-०७-०९, १२:०० PM
होमपेज/शिक्षा
सरकार सुशासन कायम गर्न प्रतिबद्ध छ : मन्त्री पोखरेल

काठमाडौँ, असार २५ — सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले मुलुकमा सुशासन कायम गर्न निरन्तर काम गरिरहेको दाबी गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारका सय दिनका प्रगतिबारे जानकारी गराउँदै मन्त्री पोखरेलले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै अघि बढाइएको बताए।

उनले सरकार गठन भएको सय दिनभित्र भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यताका आधारमा नियुक्ति तथा डिजिटल सेवा प्रवाहमा देखिने गरी काम भएको दाबी गरे।

मन्त्री पोखरेलले सार्वजनिक सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन डिजिटल प्रणालीको विस्तारमा समेत सरकारले ठोस कदम चालेको जानकारी दिए। उनले सुशासन र प्रशासनिक सुधारलाई सरकारको प्राथमिकतामा राखेर अघि बढिरहेको बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com