Global TV Logo
लोड हुँदैछ...
Advertisement

९४ क्षेत्रमा रास्वपाको अग्रता

B
Buna Ghimire
2026-03-06, 11:31 AM
होमपेज/समाचार
Advertisement
९४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ : प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत १६५ वटा निर्वाचन क्षेत्रमध्ये १३० वटामा मतगणना शुरू भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले दिउँसो ४ बजे अध्यावधिक गरेको विवरण अनुसार १३० वटा निर्वाचन क्षेत्रमध्ये काठमाण्डौ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र मुस्ताङमा नेपाली कांग्रेसले जितेका छन् । यस्तै मतगणना चलिरहेका ठाउँमा रास्वपाले ९४, कांग्रेसले १०, नेकपा एमालेले १०, नेपाली कम्युनिष्ट पार्टी नेकपाले ८, श्रम संस्कृति पार्टीले २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनता समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीले १–१ ठाउँमा अग्रता लिएका छन् । यस्तै १ ठाउँमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com