Global TV Logo
लोड हुँदैछ...

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न आयोग जाने तयारी

S
Sristi Thakuri
२०२६-१०-३०, ०६:५१ AM
होमपेज/विशेष समाचार
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न आयोग जाने तयारी

काठमाडौँ , कात्तिक १३ - गत असोजमा सम्पन्न नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति अध्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारी गरेको छ । 

कागजात तयार पार्ने काम भइरहेको र सम्भव भएसम्म आजै निर्वाचन आयोग पुगेर निवेदन दिइने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको शपथपछि बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप दुलालले अध्यावधिकका लागि निर्वाचन आयोगमा जाने तयारी गरेका हुन् । १५औँ महाधिवेशनबाट कांग्रेसमा २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । ती पदाधिकारी र सदस्यले बिहीबारबाट औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हालेका छन् । राजनीतिक दलसम्बन्धी कानुनमा कुनै पनि राजनीतिक दललले महाधिवेशन सम्पन्न गरेपछि नयाँ निर्वाचित कार्यसमितिको नाम आयोगमा अध्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com