ट्रम्पको भ्रमणलगत्तै पुटिन चीन जाँदै, सीसँग रणनीतिक साझेदारीबारे उच्चस्तरीय वार्ता हुने
No image available
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे १९ र २० तारिखमा चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएलगत्तै रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले पुटिनको दुईदिने भ्रमण तालिका सार्वजनिक गरेको हो।
भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जीनपीङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुवै नेताबीच रुस–चीन सम्बन्ध, रणनीतिक साझेदारी र आपसी सहयोगलाई अझ मजबुत बनाउने विषयमा गहन छलफल हुने बताइएको छ।
रूसी विज्ञप्तिअनुसार भेटका क्रममा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान–प्रदान हुनेछ। साथै, वार्तापछि विभिन्न सहकार्यसम्बन्धी संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।
विशेषगरी युक्रेन–रूस द्वन्द्व, व्यापारिक प्रतिस्पर्धा तथा बढ्दो भू–राजनीतिक तनावका बीच हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चीनले आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्दै युद्ध अन्त्यका लागि निरन्तर संवाद र वार्ताको आवश्यकता औँल्याउँदै आएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



