बाढीपीडितका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग
B
Binita Thapa२०२६-०९-०२, ०७:३३ AM

भदौ १७- रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको भीषण बाढीपीडितका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग गरेको छ ।
विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना एवं पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका हुन् । रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले अर्थमन्त्रीलाई भेटेर बाढीपीडितका लागि उक्त रकम हस्तान्तरण गरेका हुन् ।
भोटेकोसी बाढीले पु¥याएको अपुरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै रिद्धिसिद्धि सिमेन्टको तर्फबाट ५१ लाख र शौर्य सिमेन्टको तर्फबाट ५० लाख गरी १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेका हुन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



