Global TV Logo
लोड हुँदैछ...

आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला

B
Binita Thapa
२०२६-०६-१४, ०३:२९ AM
होमपेज/समाचार
आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला

काठमाडौँ,  जेठ ३१- कोशी प्रदेशको विराटनगरमा आज  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहको संयुक्त भेला हुँदै छ ।कोशी प्रदेशस्तरीय भेलामा १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेताहरु उपस्थित भएका थिएन् ।

महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको बताए ।

महामन्त्री राईका अनुसार विराटनगरको मनास्लु होटलमा भेला तय भएको छ । कोइरालाको प्रमुख आतिथ्यतामा हुन गइरहेको भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार डा.शशांक कोइराला, डा.मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहेका छन् । इतर समूहले केन्द्रीय सदस्य राजीव कोइरालाको नाम पनि प्रमुख वक्ताका रुपमा राखेर सामाजिक सञ्जालमा भेलाको प्रचार गरेको छ । तर, उनले आफूसँग सल्लाह नै नगरी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा प्रचार–प्रसारका लागि तयार गरिएको सामग्रीमा कोशी प्रदेश स्तरीय भेलालाई ‘ऐतिहासिक बृहत भेला’ भनिएको छ ।

देउवा समूहले यसअघि बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिसकेको छ  ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com