Global TV Logo
लोड हुँदैछ...

अमेरिका–इरान तनावबीच हर्मुज जलसन्धिमा जहाज आवागमन बढ्यो

S
Sristi Thakuri
२०२६-०५-२१, ०६:१७ AM
होमपेज/अन्तर्राष्ट्रिय
अमेरिका–इरान तनावबीच हर्मुज जलसन्धिमा जहाज आवागमन बढ्यो

अमेरिका र इरानबीच तनाव जारी रहेको बेला स्ट्रेट अफ हर्मुजमा जहाज आवागमन तीव्र रूपमा वृद्धि भएको एक प्रतिवेदन सार्वजनिक भएको छ । ब्रिटेनस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन लयड्स लिस्टका अनुसार हर्मुज जलसन्धिबाट जहाजहरूको आवत–जावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको हो । इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै यो वृद्धि देखिएको हो । यद्यपि अमेरिकाले लगाएको प्रतिबन्धहरू अझै कायम छन् । प्रतिवेदनका अनुसार मे ११ देखि मे १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा जहाजहरूले हर्मुज जलसन्धि पार गरेका छन् । यो संख्या अघिल्लो हप्ताको २५ जहाजको तुलनामा झन्डै दोब्बरभन्दा बढी हो । जसले समुद्री व्यापारमा तीव्र गतिशीलता देखाएको छ । यो वृद्धि मुख्यतः इरानसँग जोडिएका व्यापारिक गतिविधिहरूमा आएको उछालका कारण भएको बताइएको छ । विशेषगरी तेल,ग्यास तथा अन्य मालसामान ढुवानीसँग सम्बन्धित गतिविधिहरू बढेको प्रतिवेदनमा उल्लेख छ । यसैबीच,मध्यपूर्वी कच्चा तेल बोकेर दुई महिनाभन्दा बढी समयदेखि खाडी क्षेत्रमा रोकिएका तीन सुपरट्यांकरमध्ये दुई वटा बुधबार हर्मुज जलमार्ग पार गर्दै बाहिरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ती जहाजमा करिब ६० लाख ब्यारेल मध्यपूर्वी कच्चा तेल रहेको बताइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com