Global TV Logo
लोड हुँदैछ...

बजेट पेश गर्न अर्थमन्त्री वाग्लेलाई मन्त्रिपरिषद्को स्वीकृति

S
Sristi Thakuri
२०२६-०५-२९, १०:३५ AM
होमपेज/आर्थिक
बजेट पेश गर्न अर्थमन्त्री वाग्लेलाई मन्त्रिपरिषद्को स्वीकृति

सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा पेश गर्न अर्थमन्त्री डां. स्वर्णिम वाग्लेलाई स्वीकृति प्रदान गरेको छ ।शुक्रवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आय–व्यय विवरण पारित गर्दै संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेश गर्न अर्थमन्त्री वाग्लेलाई अनुमति दिने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आजको मन्त्रिपरिषद् बैठकले बजेटसँग सम्बन्धित एउटामात्र निर्णय गरेको जानकारी दिए ।  उनका अनुसार बैठकले बजेट वक्तव्य संसद्मा प्रस्तुत गर्न औपचारिक स्वीकृति प्रदान गरेको हो । “आज बजेटकै विषय भएकाले मन्त्रिपरिषद्को एउटै निर्णय भएको छ । बजेट वक्तव्य संसद्मा पेश गर्न स्वीकृति दिइएको छ,” मन्त्री पोखरेलले भने । संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आएको छ । सोही व्यवस्था अनुसार अर्थमन्त्री डा. वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा केहीबेरमै बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com