Global TV Logo
लोड हुँदैछ...

इन्डोनेसियामा भीषण डढेलो, दक्षिण–पूर्वी एसिया विषाक्त तुवाँलोको चपेटामा

S
Sristi Thakuri
२०२६-०९-०३, ०६:१५ AM
होमपेज/आर्थिक
इन्डोनेसियामा भीषण डढेलो, दक्षिण–पूर्वी एसिया विषाक्त तुवाँलोको चपेटामा

काठमाडौं , भदौ  १८ - इन्डोनेसियाका विभिन्न जंगलहरुमा हप्तौँदेखि लागेको भीषण डढेलोका कारण उत्पन्न भएको विषाक्त तुवाँलो छिमेकी राष्ट्रहरू मलेसिया र फिलिपिन्ससम्म फैलिएको छ । 

दक्षिण–पूर्वी एसियाको ठूलो हिस्सालाई ढाकेको बाक्लो धुवाँ र तुवाँलोका कारण जनजीवन निकै कष्टकर बनेको छ भने क्षेत्रीय स्वास्थ्य संकटको खतरा बढेको छ । विशेषगरी इन्डोनेसियाको सुमात्रा र बोर्नियो टापुको कालिमन्तान क्षेत्रमा डढेलोले उग्र रूप लिएको छ । तथ्याङ्कअनुसार विषाक्त हावाका कारण हालसम्म ५० हजारभन्दा बढी मानिसहरू श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या लिएर अस्पताल भर्ना भएका छन् । लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा प्रदूषित हावाको जोखिममा रहेका छन् । बाक्लो तुवाँलोका कारण दृष्टिक्षमता निकै कम हुँदा अग्नि नियन्त्रक विमान र हेलिकप्टरहरूलाई आगो निभाउन तथा क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउन समेत कठिनाइ भइरहेको बताइएको छ । 

संकट इन्डोनेसियाको सीमा नाघेर छिमेकी मुलुकहरूसम्म पुगेको छ । मलेसियाको सारावाक राज्यमा वायु प्रदूषणको स्तर अस्वस्थकर पाइएपछि अधिकारीहरूले विद्यालयहरू बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । उता,फिलिपिन्सको पलावन टापुमा पनि तुवाँलोको प्रत्यक्ष असर देखिएको छ । स्थानीय चिकित्सकहरूका अनुसार बासिन्दाहरूमा आँखा चिलाउने, घाँटी दुख्ने र टाउको दुख्ने जस्ता लक्षणहरू व्यापक रूपमा देखिन थालेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com