सरकारले दैलेख पेट्रोलियम उत्खनन प्रक्रिया तीव्र बनाउने घोषणा
S
Sristi Thakuri२०२६-०५-२९, १२:०५ PM

सरकारले दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन प्रक्रिया शीघ्र अघि बढाउने भएको छ।
शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दैलेखमा पेट्रोलियम अन्वेषण तथा उत्खननका आवश्यक प्रक्रिया तीव्र गतिमा अघि बढाइने जानकारी दिएका हुन्।अर्थमन्त्री वाग्लेका अनुसार मुलुकभित्रै ऊर्जा स्रोतको सम्भावनालाई उपयोग गर्दै आर्थिक आत्मनिर्भरता बढाउने उद्देश्यका साथ उक्त परियोजना अघि सारिएको हो।त्यसैगरी, सरकारले धौवादी फलाम उद्योगमा रहेको आफ्नो सेयर अंश घटाउँदै उद्योगलाई सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।सरकारले रणनीतिक उद्योगहरूमा निजी क्षेत्रको सहभागिता बढाउँदै उत्पादन र दक्षता अभिवृद्धि गर्ने नीति लिएको बजेट वक्तव्यमा उल्लेख छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



