Global TV Logo
लोड हुँदैछ...

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

S
Sristi Thakuri
२०२६-०९-१०, ०८:४३ AM
होमपेज/विशेष समाचार
उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं  ,भदौ २५ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्। उनले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।

पछिल्लो दुई महिनादेखि देखिएको ग्यास अभाव सहज बनाउन नसकेको भन्दै उनीमाथि दबाब बढेको थियो। बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो।

यादवको अभिव्यक्तिप्रति ग्यास व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएका थिए। साथै, उनले मन्त्रालयका कर्मचारीबाट समेत सहयोग नपाएको गुनासो गरेकी थिइन्। उनको अभिव्यक्तिको विषय संघीय संसद्का दुवै सदनमा समेत उठेको थियो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com