Global TV Logo
लोड हुँदैछ...

दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमणः हिजबुल्लाहका ५० सैन्य ठेगानाहरू ध्वस्त

B
Bijay Pokharel
२०२६-०५-०३, ०३:३२ AM
होमपेज/अन्तर्राष्ट्रिय
दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमणः हिजबुल्लाहका ५० सैन्य ठेगानाहरू ध्वस्त

इजरायली रक्षा बल (आईडीएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै विगत २४ घण्टामा दक्षिणी लेबनानका विभिन्न ५० स्थानमा रहेका हिजबुल्लाहका सैन्य ठेगानाहरूमा आक्रमण गरेको जनाएको छ । 

सेनाकाअनुसार उक्त हवाई तथा स्थलगत आक्रमणमा आफ्ना सैनिकहरू नजिक सक्रिय रहेका सशस्त्र लडाकूहरू मारिनुका साथै समूहको सैन्य पूर्वाधारहरू समेत ध्वस्त पारिएको छ । 

आईडीएफले हिजबुल्लाहले इस्रायली सैनिक र सर्वसाधारणमाथि आक्रमण गर्ने उद्देश्यले प्रयोग गर्दै आएका कमाण्ड सेन्टर र विभिन्न सैन्य संरचनाहरूलाई लक्षित गरी कारबाही गरिएको बताएको छ । 

यसैबीच, दक्षिणी लेबनानमा परिचालित इस्रायली सैनिकहरूलाई लक्षित गरी हिजबुल्लाहले पनि कैयौँ रकेट प्रहार गरेको छ । सेनाका अनुसार ती रकेटहरू मानवबस्ती नभएको खुला क्षेत्रमा खसेका कारण कुनै मानवीय क्षति भएको छैन । 

पछिल्लो समय इस्रायल र हिजबुल्लाहबीच सीमा क्षेत्रमा तनाव र सैन्य मुठभेड तिब्र हुँदै गएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com