Global TV Logo
लोड हुँदैछ...

लेबनानमा इजरायलको हवाई आक्रमण स् ३९ जनाको ज्यान गयो

B
Binita Thapa
२०२६-०५-१०, ०४:५८ AM
होमपेज/अन्तर्राष्ट्रिय
लेबनानमा इजरायलको हवाई आक्रमण स् ३९ जनाको ज्यान गयो

  बैशाख २७- दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा ३९ जनाको ज्यान गएको र १५ जना घाइते भएको जनाएको छ । 

ज्यान गुमाउने र घाइते हुनेहरू बालबालिका पनि रहेका बीबीसीले जनाएको छ । इजरायली रक्षा बलले दक्षिणी शहर सक्साकियेहमा क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । आक्रमणमा नागरिक हताहतीबारे समीक्षा भइरहेको इजरायली पक्षको भनाइ छ । 

हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ । इजरायली सेनाका अनुसार आक्रमणमा तीन जना सैनिक घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अप्रिल १६ तारिखमा युद्धविराम घोषणा गरे पनि इजरायल र हिजबुल्लाहबीचको तनाव चलिरहेको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गएको मार्च २ यता इजरायली आक्रमणमा झण्डै २ हजार ८ सय जनाको ज्यान गइसकेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com