Global TV Logo
लोड हुँदैछ...

सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

B
Binita Thapa
२०२६-११-०४, ०४:०७ AM
होमपेज/विशेष समाचार
सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, कात्तिक १८ - नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

अध्यक्ष ओलीलाई भेट्न सभापति थापा मंगलबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थिए । उनीहरूबिच करिब एक घण्टा छलफल भएको बताइएको छ । कांग्रेस सभापति थापा निकट नेताका अनुसार उनीहरूबिच मधेस प्रदेशको सरकारका विषयमम कुराकानी भएको छ । एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा छ । 

एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला ओलीलाई भेट्न थापा गुण्डु पुगेका हुन् । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com