यस वर्षको भाइटीकाको साइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाडौँ, कात्तिक १८ - यसवर्षको भाइटीकाको साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटका लागि निकालेको हो । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जानकारी दिएका छन् ।
समितिका अनुसार यो वर्ष यमपञ्चक अन्तर्गतको पर्व कात्तिक २० गते शुरु हुनेछ । कात्तिक २० गते शुक्रबार धन त्रयोदशी अर्थात धनतेरस पर्व मनाइनुका साथै साँझ यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । कात्तिक २२ गते आइतबार नरक चतुर्दशी मनाइनेछ ।
त्यसपछि कुकुर तिहार मनाइनेछ । साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ । कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा,गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । यसै दिन नेपाल संवत् ११ सय ४७ आरम्भ हुनेछ ।
सम्बन्धित खबर
लोकप्रिय खबर
लोड हुँदैछ...

