Global TV Logo
लोड हुँदैछ...

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली चल्यो

B
Binita Thapa
२०२६-०५-२४, ०३:४८ AM
होमपेज/अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली चल्यो

जेठ १०- अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ ।

यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ । ह्वाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो ।

घटनापछि ह्वाइट हाउसलाई अस्थायी रूपमा ‘लकडाउन’ गरिएको थियो, यद्यपि पछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यस समयमा ह्वाइट हाउसमै रहनुभएएको खबरमा उल्लेख छ ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com