Global TV Logo
लोड हुँदैछ...

शक्तिशाली भूकम्पले फिलिपिन्समा ठूलो क्षति, २०० भन्दा बढी घाइते

S
Sristi Thakuri
२०२६-०६-०९, ०७:३८ AM
होमपेज/अन्तर्राष्ट्रिय
शक्तिशाली भूकम्पले फिलिपिन्समा ठूलो क्षति, २०० भन्दा बढी घाइते

दक्षिणी फिलिपिन्समा सोमबार गएको ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

भूकम्पमा परेर २ सयभन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानका अनुसार यो भूकम्प यस वर्ष फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली र ठूलो भूकम्प हो । 

भूकम्पका कारण ठूलो संख्यामा भौतिक संरचनाहरू ध्वस्त भएका छन् । तटीय क्षेत्रमा सुनामी र पहाडी भेगमा पहिरो जाँदा धनजनको ठूलो क्षति भएको छ । भूकम्पको कडा धक्का महसुस गरिएको जनरल सान्तोस शहरमा धेरैजसो कम उचाइका भवनहरू पूर्ण रूपमा भत्किएको वा तिनीहरूमा भारी क्षति पुगेको समाचारमा उल्लेख छ ।

 घाइते हुनेहरूमध्ये अधिकांश मानिसहरू भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका थिए । भूकम्पलगत्तै समुद्रमा कम्तिमा १ मिटर अर्थात् ३ फिटसम्मको सुनामीको छाल उत्पन्न भएको थियो । भूकम्पका कारण सारंगानी प्रान्तको ग्लान नगरपालिकामा भीषण पहिरो जाँदा १३ जना गाउँलेको मृत्यु भएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com