Global TV Logo
लोड हुँदैछ...

बजेट राज्यको क्षमता सुहाउँदो छ : डा. स्वर्णिम वाग्ले

S
Sristi Thakuri
२०२६-०५-३१, १०:०८ AM
होमपेज/आर्थिक
बजेट राज्यको क्षमता सुहाउँदो छ : डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटलाई लिएर भइरहेको आलोचनाको खण्डन गर्दै यसको आकार राज्यको क्षमता र अर्थतन्त्रको आकारअनुसार नै रहेको बताएका छन्।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटलाई केवल कुल रकमका आधारमा मूल्याङ्कन गर्नु उपयुक्त नहुने बताए। उनका अनुसार अर्थशास्त्रमा निरपेक्ष अंकभन्दा पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सापेक्ष बजेटको आकारलाई महत्व दिइन्छ।सरकारले आगामी आर्थिक वर्षका लागि करिब २१ खर्ब रुपैयाँको बजेट ल्याएको भए पनि त्यसलाई अत्यधिक ठूलो वा महत्वाकांक्षी भन्न नमिल्ने उनको तर्क छ। उनले आगामी वर्ष नेपालको अनुमानित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको जानकारी दिँदै बजेट त्यसको केवल २८.५ प्रतिशत मात्र रहेको बताए।“अर्थशास्त्रमा कहिल्यै पनि निरपेक्ष संख्या मात्र हेरिँदैन, जहिले पनि जीडीपीसँग तुलना गरेर मूल्याङ्कन गरिन्छ,” अर्थमन्त्री वाग्लेले भने, “त्यसैले यो बजेट ठूलो नभई अर्थतन्त्रको आकारसँग मेल खाने खालको छ।”बजेटको आकारलाई लिएर उठिरहेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले उपलब्ध स्रोत, आर्थिक क्षमता र विकास आवश्यकतालाई ध्यानमा राखेर यथार्थपरक बजेट ल्याएको दाबी गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
बजेट राज्यको क्षमता सुहाउँदो छ : डा. स्वर्णिम वाग्ले | Global TV Khabar