Global TV Logo
लोड हुँदैछ...

सरकारले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक गर्‍यो

S
Sristi Thakuri
२०२६-०५-२९, १२:२७ PM
होमपेज/आर्थिक
सरकारले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक गर्‍यो

आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त आकारको बजेट घोषणा गरेका हुन्।बजेट विवरणअनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ।

 त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।राजस्व संकलनतर्फ सरकारले १४ खर्ब ४ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ। त्यसैगरी अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ र आन्तरिक ऋणमार्फत ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने बजेटमा उल्लेख छ।सरकारले समग्रमा ठूलो आकारको बजेटमार्फत विकास निर्माण, सामाजिक क्षेत्र र वित्तीय व्यवस्थापनलाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य लिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com