नेपाललाई छिट्टै ग्रे लिस्टबाट बाहिर निकाल्ने सरकारको लक्ष्य
S
Sristi Thakuri२०२६-०५-२९, ११:०७ AM

सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट छिट्टै बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वित्तीय प्रणाली सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार देशलाई ग्रे लिस्टबाट यथासक्य चाँडो बाहिर ल्याइने बताए ।उनकाअनुसार सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी संरचना र कार्यान्वयन प्रणालीलाई थप प्रभावकारी बनाइनेछ । अर्थमन्त्री वाग्लेले नेपाललाई सुरक्षित र पारदर्शी वित्तीय प्रणाली भएको मुलुकका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको पनि उल्लेख गरे ।
लोकप्रिय खबर
लोड हुँदैछ...



