इजरायली सेनाले लिए बोफोर्ट किल्ला आफ्नो नियन्त्रणमा

जेठ १८ - इजरायली सेनाले दक्षिण लेबनानमा रहेको ऐतिहासिक एवं रणनीतिक रूपमा महत्वपूणै बोफोर्ट किल्ला आफ्नो नियन्त्रणमा लिएको छ ।
इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड कब्जा गरेको हो । यो विगत ४४ वर्षयताकै लेबनानभित्र इजरायलको सबैभन्दा भित्री क्षेत्रसम्मको सैन्य घुसपैठ मानिएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहविरुद्धको सैन्य अभियानमा यसलाई एउटा निर्णायक परिवर्तनको रूपमा वर्णन गरेका छन् । इजरायली स्थल सेना आफ्नो सुरुवाती सिमारेखा लिटानी नदीभन्दा निकै अगाडि बढेर लेबनानी भू–भागको गहिराइसम्म पुगेका बेला यो सफलता मिलेको हो । इजरायलको यो पछिल्लो सैन्य परिचालन र द्वन्द्व बढाउने कार्यको बेलायत,फ्रान्स र जर्मनीले कडा आलोचना गरेका छन् ।
यसैबिच, इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले दक्षिण लेबनानको ठुलो क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा जान चेतावनी दिएको छ । लेबनानका प्रधानमन्त्रीले भने इजरायलले सर्वसाधारणमाथि सामूहिक सजाय दिने काम गरिरहेको आरोप लगाएका छन् । इजरायली सेनाका प्रवक्ताले हिजबुल्लाहका लडाकु, उनीहरूका अखडा वा युद्ध सामग्रीको वरपर बस्ने जोकोहीको ज्यान खतरामा रहेको भन्दै सचेत गराएका छन् । ती प्रवक्ताका अनुसार यस सैन्य अभियानमा ठुलो संख्यामा इजरायली स्थल सेना सहभागी छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



