Global TV Logo
लोड हुँदैछ...

रास्वपाले साउन १३ मा केन्द्रीय समिति बैठक बोलायो, ५१ केन्द्रीय सदस्य मनोनयन प्रक्रिया सुरु हुने

S
Sristi Thakuri
२०२६-०७-२८, ०६:१२ AM
होमपेज/विशेष समाचार
रास्वपाले साउन १३ मा केन्द्रीय समिति बैठक बोलायो, ५१ केन्द्रीय सदस्य मनोनयन प्रक्रिया सुरु हुने

काठमाडौं , साउन १२ - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । 

पार्टी सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक साउन १३ गते बुधबार बिहान ११ बजेका लागि बोलाएको महामन्त्री विपिन आचार्यले जानकारी दिएका हुन् । बैठकले ५१ केन्द्रीय सदस्य र पदाधिकारीको मनोनयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ । पार्टीमा केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारी मनोनयनका लागि सभापति लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका बताइएको छ ।

 केन्द्रीय समितिको बैठकमा पहिलो चरणको मनोनयन हुने उनको भनाइ छ । एकता प्रक्रियामा आएका सबै पक्षलाई मिलाउनु पर्ने भएकाले पहिलो चरणमा केही पदाधिकारी मात्र मनोनीत हुने आचार्यले जानकारी दिएका छन् । बुधबार बस्ने बैठकले पहिला केन्द्रीय सदस्य मनोनीत गरेर दोस्रो बैठकले केही पदाधिकारी मनोनीत गर्न सक्ने उनको भनाइ छ ।

 केन्द्रीय समिति बैठकका लागि पाँच एजेन्डा तय भएका छन् । सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध गरी पाँच एजेन्डामा छलफल हुने आचार्यले जानकारी दिएका छन् । रास्वपाको विधानको व्यवस्थाअनुसार ५१ केन्द्रीय सदस्य सभापतिबाट मनोनित हुनेछन् ।

 ९९ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएका छन् ।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com